नियम ३६
शिक्षण संस्था सञ्चालन गर्ने पदाधिकारीको आचरण
(१) विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन, सहायक डीन र व्यवस्थापकको आचरण देहाय बमोजिम हुनेछः-
(क) शिक्षण संस्थामा लगानी गर्न नहुने,
(ख) शिक्षण संस्थाका पदाधिकारीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्रमा .प्रचलित कानूनले तोकेको ढाँचामा सम्पत्ति विवरण सम्बन्धित विश्वविद्यालय समक्ष बुझाउने र त्यस्तो विवरण विश्वविद्यालयले सुरक्षित राख्ने प्रबन्ध मिलाउने,
(ग) काम गरेको संस्था वा सो संस्थाको आधिकारिक निकायले जारी गरेको पेशागत आचारसंहिता पालना गर्ने।
(२) उपनियम (१) बमोजिमको आचरण पालना नगर्ने पदाधिकारीलाई समितिले ध्यानाकर्षण गराउन सक्नेछ।
(३) उपनियम (१) को खण्ड (क) विपरीत हुने गरी कुनै शिक्षण संस्था वा सार्वजनिक शिक्षण संस्थाका पदाधिकारीले अन्य कुनै शिक्षण संस्थामा लगानी गरेको भए शिक्षण संस्था वा नियमनकारी निकायले सो को जानकारी आयोगले तोके बमोजिमको ढाँचामा आयोगलाई दिनु पर्नेछ।